`

गाैरकाे स्थिति सामान्य, हट्याे कर्फ्यू आदेश

Nepal One HD ११ फागुन २०८२ ११:५३
प्रमुख खबर

काठमाडौं । राैतहटकाे गाैरमा लगाएकाे कर्फ्यू आदेश हटाइएकाे छ । तनावपूर्ण स्थिति नियन्त्रणमा आएसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश हटाएको हाे ।

त्यहाँ शनिबार दिउँसोबाट कर्फ्यु आदेश जारी गरिएकाे थियाे ।‍ जिल्ला सुरक्षा समिति रौतहटले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको थियो ।

उक्त आदेश साेमबार बिहान १० बजेदेखि लागू हुनेगरि हटाइएकाे जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

शुक्रबार त्यहाँ हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादले तनाव निम्तिएकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *