`

त्रिशूली दुर्घटनाबारे कुलमानद्वारा दुःख व्यक्त, सडक यात्रा असुरक्षित भएकाेमा चिन्ता

Nepal One HD ११ फागुन २०८२ १२:०१
प्रमुख खबर
काठमाडौं । उज्यालाे नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पोखराबाट काठमाडौं आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित त्रिशूली नदीमा खस्दा भएको दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त  गरेका छन् ।
उनले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे ।
दुर्घटनामा परेका यात्रुको प्रभावकारी र तत्काल उद्धार तथा उपचारका लागि सरकारका निकायहरुलाई उच्च प्राथमिकताका साथ आवश्यक पहल गर्न आग्रह गरे ।
नेपालमा सडक दुर्घटनाका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको तथा अंगभंग हुनुपर्ने पीडादायी अवस्था दोहोरिरहनु अत्यन्तै चिन्ताजनक भएकाे घिसिङले बताए ।
आम नागरिकको सडक यात्रा सुरक्षित बनाउन नीतिगत, संरचनागत र कार्यान्वयन तहमा ठोस हस्तक्षेप अपरिहार्य भएको भएकाे भन्दै यसबारे गम्भीर भई दीर्घकालीन समाधानतर्फ अग्रसर हुन सरकारकाे ध्यानाकर्षण गराए ।
दुर्घटनामा परी कम्तिमा १७ जनाकाे ज्यान गएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *