`

सावित्रा भण्डारीको उपचारको लागि अनेरास्ववियुले चलायो आर्थिक सहयोगको अभियान

Nepal One HD १२ फागुन २०८२ ८:२८
खेलकुद

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीको उपचारको लागि अनेरास्ववियुले आर्थिक सहयोगको अभियान चलाएको छ । अनेरास्ववियुले एक अपिल जारी गर्दै अनेरास्ववियुले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको गौरव उचाल्दै आएकी सावित्रा भण्डारी खेलका क्रममा गम्भीर घाइते भई उपचारका लागि आवश्यक आर्थिक सहयोगको अभावमा रहेको जानकारीले अनेरास्ववियुको सम्पूर्ण पंक्तिलाई मर्माहत बनाएको बताएको छ ।

अपिलमा भनिएको छ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको गौरव उचाल्दै आएकी सावित्रा भण्डारी (साम्बा) खेलका क्रममा गम्भीर घाइते भई उपचारका लागि आवश्यक आर्थिक सहयोगको अभावमा रहेको जानकारीले अनेरास्ववियुको सम्पूर्ण पंक्तिलाई मर्माहत बनाएको छ ।

राष्ट्रका लागि समर्पित खेलाडीलाई संकटको घडीमा साथ दिनु हाम्रो दायित्व हो भन्ने विश्वासका साथ अनेरास्ववियुले आजैदेखि “Heal Samba” सहयोग अभियान औपचारिक रूपमा प्रारम्भ गरेको जानकारी गराउँदछौं । अनेरास्ववियुका सम्पूर्ण तहगत कमिटीहरूलाई सक्रिय रूपमा परिचालन भई पारदर्शी र उत्तरदायी ढंगले सहयोग संकलन अभियान सञ्चालन गर्न निर्देशन गरिएको छ ।

घुँडामा गम्भीर चोट लागेपछि कप्तान भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् । चिकित्सकका अनुसार यसअघि एकपटक शल्यक्रिया गरिएकोमा अब फेरि उनलाई जटिल शल्यक्रिया आवश्यक छ। अब उनलाई शल्यक्रियाका लागि करिब ८० हजार अमेरिकी डलर खर्च चाहिन्छ ।

उनले नेपालभित्र रहेका समर्थकलाई क्यूआर वा बैंकमार्फत र विदेशमा रहेका समर्थकलाई अनलाइन लिंकमार्फत सहयोग गर्न आग्रह गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *