साम्बाका लागि जुट्यो १ करोड ४५ लाख, दिइन् धन्यवाद
खेलकुद
काठमाडौं। फुटबलर सावित्र भण्डारी सम्बाको उपचारका लागि १ करोड ४५ लाख रूपैंया भन्दा धेरै सहयोग संकलन भएको छ । नेपाल भित्र एक करोड भन्दा धेरै र विदेशबाट लगभग ४५ लाख रूपैंया संकलन भएको उनले फेसबुकबाट जानकारी दिएकी छिन् ।
एन्फाले वेवास्ता गर्दा घुँडामा लागेको चोटको उपचारमा समस्या भएपछि सोमबार साँझ उनले समर्थकहरूसँग सहयोग आह्वान गरेकी थिइन् ।
२४ घण्टा नबित्दै झन्डै डेढ करोड रकम संकलन भएपछि उनले सहयोगी सबैलाई धन्यवाद दिएकी छिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
