नहुँदाे गफ र फेसबुक चलाएर सेलिब्रेटी हुन राजनीतिमा आएका हाेइनाैँ : कुलमान घिसिङ
पाँचथर । देशकाे पूर्वी पहाडी जिल्ला पाँचथर पुगेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू नहुँदाे गफ गरेर र फेसबुक चलाएर सेलिब्रटी हुन राजनीतिमा नआएकाे बताएका छन् । आफूहरु राजनीितमा काम गर्न आएकाे उनकाे भनाइ छ ।
पाँचथरकाे फिदिममा मङ्गलबार पार्टीकाे चुनावी सभालाई सम्बाेधन गर्दै उनले जेन-जी विद्राेहपछि नयाँ दलको रुपमा देश विकासकाे स्पष्ट योजनासहित चुनावमा होमिएको बताए ।
‘जेन-जी आन्दोलनको उद्देश्य र जनताको मागअनुसार हामी स्थापित भएका छौँ,’ उनले भने, ‘हामी भाषणमा होइन काम र परिणाममा विश्वास गर्छौँ । हामी देशको सेवक बन्नलाई आएका हौँ । जेन-जी आन्दोलनको बलिदानलाई सम्मान गर्नका लागि भोट मागिरहेका छौँ ।’
यो देशको समृद्धि, सुशासन कायम गर्न र भष्ट्रचारविरुद्ध लडेर देशमा समतामुलक समाज बनाउनका उज्यालो पार्टीलाई समर्थन गर्न पनि उनले आह्वान गरे ।
लोडसेडिङ अत्यको विशषलाई प्रमुखताका साथ उठाएका उनले समृद्धशाली देश बनाउने रोडम्याप तयार पारिसकेको पनि सुनाए ।
