ऋषिराम कट्टेललाई छाड्न सर्वोच्च अदालतको आदेश
निर्वाचन विषेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई छाड्न आदेश दिएको छ । उनको बन्दीप्रत्यक्षीकरण रिटलाई स्वीकार गर्दै अदालतले छाड्न आदेश दिएको हो ।
आज अदालतकान्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो ।
उनको पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोही कारण सरकारले उनलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
