`

बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने: उपसभापति शर्मा

Nepal One HD १३ फागुन २०८२ ८:१८
नेपाली कांग्रेस

सप्तरी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन् ।

मंगलबार यहाँस्थित गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनलाई सम्मान गर्दै गजेन्द्रनारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेकोसमेत उल्लेख गरे । मधेस आन्दोलनकै कारण सङ्घीयता आएको स्मरण गराउँदै उनले सङ्घीयता कसैको चाहनामा कमजोर नहुने बताए ।

यसअघि उनले स्व. गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए । कांग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार विजय गुप्तासहित दुई दर्जनभन्दा बढी जेनजी युवा कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो। सज्जाद, सुल्तान, अकबर, अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुसलगायत छन् । महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशी युवालाई कांग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेस प्रदेशकी सहमहामन्त्री विन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधानसभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *