गलामा माला र खादा लगाएका ओली भाेट माग्दै (भिडियाे)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहानैदेखि चुनावी अभियानमा छन् ।
गलाभरी माला र खादा लगाएका उनी चुनाव क्षेत्रका विभिन्न ठाउँमा पुगिरहेका छन् । चुनाव आउन साता दिन बाँकी छँदा ओली केही दिनदेखि मत माग्न व्यस्त छन् ।
पार्टीका नेता कार्यकर्तादेखि समर्थकहरुका साथ मत मागिरहेका उनले यसपटक पनि चुनाव जित्ने दाबी गर्दै आएका छन् ।
देश जलाउने र बनाउनेबीचकाे जनमत सङ्ग्रहकाे रुपमा आगामी चुनावलाई अर्थ्याउने गरेका उनले झापा मात्रै नभएर काेशी र देशकै विकासकाे नेतृत्व लिन तयार रहेकाे बताउँदै आएका छन् ।
उनी एमालेबाट भावी प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारसमेत हुन् ।
आठाैँपटक चुनावी मैदानमा ओर्लिएका उनले आफ्ना एक जना चुनावी प्रतिस्पर्धी रास्वपा उम्मेदवार बालेन्द्र शाहलाई महानगर चलाउन नसक्नेले देश चलाउने भनेकाे भन्दै कटाक्ष गर्ने गरेका छन् ।
