ओलीसँग समाधीस्थलका लागि जग्गा मागे ख्रिस्टियन समुदायले (भिडियाे)
निर्वाचन विषेश
काठमाडौं । चुनावी अभियानमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ख्रिस्टियन समुदायले तीन बुँदे माग बुझाएको छ ।
कमल गाउँपालिकाका ख्रिस्टियन समुदायले समाधीस्थल र भवनका लागि जग्गा व्यवस्थापनसँगै ख्रिस्टियन समुदायकाे हक अधिकार सुनिश्चिन गर्न माग गरेकाे हाे ।
तीन बुँदे मागपत्र ओलीले बिहीबार बुझेका छन् । ओलीले ती मागहरु सम्बाेधन गर्ने बाचा गरे ।
चुनावी अभियानकाे क्रममा रहेका ओलीलाई विभिन्न धार्मिक तथा सामाजिक सस्थाहरुले मागपत्रहरु बुझाउने गरेका छन् । ओली झापा–५ का एमाले उम्मेदवार हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
