रविलक्षित गगनकाे टिप्पणी- हिजाे नक्कली शरणार्थीकाे कागज बनाएर विदेशिनेकाे चटक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘नक्कली शरणार्थी’ बनेर विदेश गएकाे बताएका छन् । देशमा माओवादी सशस्त्र द्वन्द्व छँदा नक्कली शरणार्थी बनेर विदेश गएकाे र अहिले आएर हल्लाखल्ला गरिरहेकाे भन्दै आलाेचना गरे ।
उनले भने,‘हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहँदै गर्दा नक्कली शरणार्थीको कागज बनाएर हिजो बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रो बीचमा आएर घुमेर पाँचवर्षमा चटक गर्छु भन्दैगर्दा कम्तीमा कणालीले नपत्याओस् ।’
उनले लामिछानेलाई ठूलाे कोलाहल र हल्लाखल्ला सामाजिक सञ्जालमा मच्चाएकाे पनि आराेप लगाए । ‘गाउँगाउँ पुगेको छ, सहरमा मात्रै छैन । घरमा बसेर युट्युब हेर्दैगर्दा, फेसबुक हेर्दैगर्दा, बाहिर वैदेशिक रोजगारीमा गएका साथीहरूलाई आग्रह गर्न चाहन्छु, त्यहाँ बसेर नेपालका समाचारमा पीडा व्यक्त गर्नुभएको छ, मान्छु । तर यस्ता हल्लाको धरातल हेरिदिनुहोस्’, उनले भने ।
थापाले लामिछानेलाई अतिवादीकाे रुपमा चित्रणसमेत गरे ।
