बालेनलाई झापा-५ मा कसैले चिन्दैनन्, मैले नै चुनाव जित्छु- ओली (भिडियाे)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन)लाई चुनाव क्षेत्रमा कसैले नचिन्ने बताएका छन् ।
नचिन्ने मान्छेले चुनाव जित्ने कुरा नआउने भन्दै उनले आफ्नाे पक्षमा चुनावी परिणाम आउने दाबी गरे ।
बालेन बलिया प्रतिस्पर्धी हाेइनन् तपाईका भन्ने एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकी संवाददाताले सोधेको प्रश्नमा उनले चुनाव आफूले जित्नेमा शङ्का नरहेकाे बताउँदै भने, ‘उनलाई यहाँ कसैले चिन्दैनन् । पक्कै पनि मैले यस निर्वाचन क्षेत्रका जनताका निम्ती केही न केही गरेकाे छु । यस क्षेत्रमा विकास गरेकाे छु । देशकाे विकास गरेकाे छु । याे जनतालाई थाहा छ। अरु उम्मेदवारहरु नयाँ छन् । उनीहरुसँग अनुभव छैन । उनीहरु परिक्षित हाेइनन् ।केही परिक्षित भए तर नकारात्मक रुपमा ।’
उनले जेन-जी विद्राेहमा दमन गरेकाे भनेर षड्यन्त्रकारीहरुले आलाेचना गरेकाे बताए ।
