प्रत्यक्षतर्फकाे मतदानमा कर्मचारी र सुरक्षाकर्मी बञ्चित, समानुपातिकमा माैका
निर्वाचन विषेश
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा खटिएका १ लाख ८६ हजार कमर्चारी र सुरक्षाकर्मीले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने भएका छन् ।
उनीहरुलाई मतदानका लागि आयाेगले देशभरमा गरी १४३ वटा अस्थायी मतदान केन्द्र ताेकेकाे छ । उनीहरु निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन कर्मचारी हुन् ।
आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपालमा करिब ९५ हजार सैनिक, ३५ हजार जति सशस्त्र प्रहरी र ८० हजारकाे हाराहारीमा नेपाल प्रहरी छन् । तीमध्ये कतिपयले अस्थायी नामावलीमा आफ्नो नाम राख्न छुटाएकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
