`

काठमाडौं मैतीदेवीमा मतदान गरेलगत्तै सर्लाही पुगे गगन

Nepal One HD २१ फागुन २०८२ १२:४१
राजनीति

सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौं मैतीदेवीमा मतदान गरेलगत्तै सर्लाही पुगेका छन् ।

उनले सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बरहथवा नगरपालिका वडा नं २ को मतदान केन्द्रको निरीक्षण पनि गरेका छन् ।

मतदानपछि प्रतिक्रिया दिंदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *