`

प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाको आभार व्यक्त

Nepal One HD २१ फागुन २०८२ १८:२४
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् ।थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार व्यक्त गरेका छन् ।

उनले निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् । थापाका अनुसार मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास पुष्टि गरेको छ भने अर्कोतर्फ राजनीतिक दलहरू र आगामी सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने जिम्मेवारी अझ बढाएको छ ।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेको भन्दै सरकार तथा निर्वाचन आयोग नेपाल लाई विशेष धन्यवाद दिएका छन् ।

साथै, निर्वाचन प्रक्रियामा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलहरू, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि उनले आभार प्रकट गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *