`

मकवानपुर–२ मा रास्वपाका उप्रेतीको दोब्बर अग्रता

Nepal One HD २२ फागुन २०८२ २०:०८
राजनीति

हेटौंडा। मकवानपुर क्षेत्र नम्बर- २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन्।यहाँ मनहरी गाउँपालिकाको ४ वटा वडाको मतगणना सम्पन्न भएको हो ।

हाल सम्म ८ हजार ८२४ मत गणना हुँदा उप्रेतीले ३ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले १ हजार ७२१ मत ल्याएका छन्।

त्यस्तै नेकपा (एमाले)का महेश बर्तौलाले १ हजार ५४७ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी)का लवशेर बिष्टले ५९२ मत पाएका छन्।हाल सम्मको मत गणना अनुसार यहाँ ५७० मत बदर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *