बझाङमा कांग्रेसको सुरूवाती अग्रता
राजनीति
बझाङ। प्रतिनिधिसभा निर्वाचन बझाङको मतगणना भइरहँदा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।बुङ्गल नगरपालिका–४ बाट गणना भएको मतअनुसार कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले २५६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंहले ११८, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले १०० मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।
नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महरले ५२, नेकपा (माओवादी)का उम्मेदवार भरत मल्लले १९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदार विश्वप्रकाश जेठाराले चार र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार दलबहादुर बोहराले तीन मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
