`

सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत

Nepal One HD २२ फागुन २०८२ २१:३०
राजनीति

सोलुखुम्बु। सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५ बजेदेखि मतगणना सुरु गरिएको हो ।

जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका सङ्कलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुआत लिखुपिके गाउँपालिकाबाट गरिएको छ । उक्त गाउँपालिकामा कुल दुई हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता कायम भएकामा ४१ हजार ४०१ मत खसेको थियो । मतदान गर्नेमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष मतदाता रहेका छन् ।भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले गणनामा ढिलाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *