झापा ५ मा रास्वपा वरिष्ठ नेता शाहको अग्रता उच्च
झापा, २३ फागुन : झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको छ ।
२०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहनुभएका शाहले उक्त मत प्राप्त गर्नु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गर्नुभएको छ । उहाँ एमालेका अध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गर्नु भएको कार्यालयले जनाएको छ ।
