`

समानुपातिक मतगणना जारी : रास्वपा अग्रस्थानमा, कांग्रेस दोस्रो

Nepal One HD २३ फागुन २०८२ ६:४३
प्रमुख खबर

काठमाडौँ, २३ फागुन : २०८२ फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल ३५ हजार छ मत गणना भएको छ ।

१ः १५ बजेसम्म गणना भएको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १९ हजार पाँच सय ८२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले छ हजार नौ सय ३७, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार आठ सय ५८, नेकपा(एमाले)ले दुई हजार छ सय ७२ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार, श्रम संस्कृति पार्टीले आठ सय ६७, नेपाली कम्युनिस्ट पार्टीले आठ सय ४५, राष्ट्रिय परिवर्तन पार्टीले चार सय ५३ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *