`

कास्की ३: रास्वपाका उम्मेदवार गुरुङ विजयी

Nepal One HD २३ फागुन २०८२ ७:१२
राजनीति

लेखनाथ (कास्की), २३ फागुनः गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ । समाजसेवा र व्यवसायबाट राजनीतिमा लाग्नुभएकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो ।

वीनाले ३७ हजार ७५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिनुभयो ।

कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४०७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी हुनुभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *