`

कास्कीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

Nepal One HD २५ फागुन २०८२ ६:३७
प्रमुख खबर

गण्डकी। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कास्की जिल्लामा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो बनेको छ ।

यसअघि जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेको उक्त पार्टी समानुपातिकतर्फ पनि पहिलो बनेको हो । जिल्लामा तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले कूल एक लाख १३ हजार ६२८ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुुभयो

नेपाली कांग्रेसले २८ हजार ६५६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले २४ हजार १९९ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ४६६ मत, नेपाली कम्युनिष्ट पार्टीले पाँच हजार ७६३ मत, श्रम संस्कृति पार्टीले तीन हजार ५६४ मत र राष्ट्रिय परिवर्तन पार्टीले एक हजार ७२ मत प्राप्त गरेको छ ।

जिल्लामा कूल तीन लाख नौ हजार ५६३ मतदाता रहेकोमा एक लाख ९१ हजार ४२५ मत खसेको थियो । त्यसमध्ये सदर मत एक लाख ८६ हजार ७२४ र बदर मत चार हजार ६९८ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *