`

मार्सल आर्टस र आर्चरी टोली चीन जाने

Nepal One HD २५ फागुन २०८२ २०:१८
खेलकुद

काठमाडौँ। विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्टस र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली भोलि चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ ।चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजीव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शङ्कर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् ।

कुन्मिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्टस र प्राचीन धनुर्विद्याका प्रशिक्षण लिनेछन् ।टोलीलाई काठमाडौँ जेनजी ट्रेडिसनल आर्चरी सङ्घका अध्यक्ष तथा नेपाल उसु महासङ्घका उपाध्यक्ष अभिषेकविक्रम शाहले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनले प्रशिक्षणले नेपाली खेलाडी र प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *