`

राष्ट्रिय लिग फुटबल : मनाङ मर्स्याङ्दी विजयी

Nepal One HD २६ फागुन २०८२ २१:०९
खेलकुद

काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । यस प्रतियोगितामा मनाङको यो तेस्रो जित हो । लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ ।

यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १० खेलबाट चित्लाङको सात अङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *