सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
