नेकपाले सिफारिस गर्यो नौ समानुपातिक सांसद
नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने नौ जनाको नाम सिफारिस गरेको छ ।
फागुन २१मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ सात दशमलव चार प्रतिशत मत ल्याएको नेकपाले नौ सिट पाएको थियो ।
उक्त नौ सिटका लागि खसआर्य समूहबाट प्रमेश हमाल, प्रेम बयक र बलावती शर्मालाई सिफारिस गरेको छ । बयकले अपाङ्गता भएका व्यक्तिहरूको समेत प्रतिनिधित्व गर्छन् । यस्तै, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा तथा मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव सिफारिस भए । दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा सिफारिस हुँदा थारु समूहबाट निराशा चौधरी डगौरालाई सांसद बनाउन सिफारिस गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
