`

आज सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो,कतिमा हुँदैछ कारोबार ?

Nepal One HD ५ चैत २०८२ ११:१५
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन मूल्य प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *