प्रधानमन्त्री कप क्रिकेटः मल्लको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
बैतडी। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ ।
शेर मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए ।
टोलीका अन्य खेलाडीमा किरण ठगुन्ना (उपकप्तान), खडक बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आग्री, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, सौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी रहेका छन् ।
यस्तै अर्जुन विक, टेक रावत, सचिन भट्ट र भोजराज भट्ट वैकल्पिक खेलाडीको सूचीमा रहेका छन् ।
गत माघमा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिता र त्यसपश्चातको बन्द प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा टोली घोषणा गरिएको सङ्घले जनाएको छ ।
उक्त टोलीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने छ ।
