`

महिला टी–२० क्रिक्रेट : सिक्किम स्पोर्टिङ क्लब विजयी

Nepal One HD १२ चैत २०८२ २१:५३
खेलकुद

झापा। झापा जारी नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० क्रिक्रेट प्रतियोगिताअन्तर्गत आजको खेलमा भारतको सिक्किम स्पोर्टिङ क्लब विजयी भएको छ ।नेपाल–भारत मैत्री सङ्घ कोसी प्रदेश समितिको आयोजनामा भएको प्रतियोगिताको आजको खेलमा भारतकै दुन हेरिटेज सिलिगुडीलाई आठ विकेटले पराजित गर्दै सिक्किम स्पोर्टिङ क्लबले सहज जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिलिगुडीले निर्धारित २० ओभरमा अलआउट हुँदै ४७ रन बनाएको थियो । जवाफमा सिक्किमले १३.३ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

सिलिगुडीका लागि ह्याप्पी सरकारले १५ रन बनाइन् भने सिक्किमकी मारियन सुब्बाले चार ओभरमा केवल आठ रन खर्चिएर २ विकेट लिनुभएको थियो ।
ब्याटिङतर्फ सिक्किमकी नन्दिता कुमारीले २१ रन, प्रमिला क्षेत्रीले १४ रन बनाइन् । प्लेयर अफ द म्याच सिक्किमकी मारियन सुब्बा भइन् ।

समूह चरणको अन्तिम खेल शुक्रबार मिलन क्रिकेट क्लब झापा र भारतको अल्पाइन स्पोर्टिङ क्लब सिक्किमबीच हुनेछ । साथै फाइनल खेल शनिबार हुने नेपाल–भारत मैत्री सङ्घ झापाका खेलकुद संयोजक गौरव सुब्बाले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *