ओलीले भने– प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी र राजनीतिक प्रतिवाद गर्छु
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।
ओलीलाई आज बिहानै प्रहरीले भक्तपुरको गुण्डुस्थिति निवासबाट पक्राउ गरेको थियो । पक्राउ पुर्जी लिएर प्रहरी आएपछि ओलीले वकिलहरुसँग परामर्श गरेका थिए ।
ओलीका कानुन व्यवसायीहरुले ओलीको पक्राउको कानुनी आधार नभएको र प्रथम दृष्टिमै गलत रहेको बताएका छन् ।
राजनीतिक विश्लेषक निलाम्बर आचार्यले पनि पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै प्रतिशोधले कसैको भलो नगर्ने बताएका छन् ।
ओली र लेखकलाई जेन–जी विद्रोहको दिन २३ भदौमा १९ जना नवयुवाको ज्यान लापारबाहीले मारेको अभियोग छ ।
यो अभियोग गौरीबहादुर कार्की आयोगको एकपक्षीय र पक्षपातपूर्ण प्रतिवेदनमा छ । सोही आधारमा ओली र लेखकको पक्राउ भएको हो ।
बालेन सरकारका गृहमन्त्री सुधन गुरुङले भने ओली र लेखकको पक्राउलाई न्यायको सुरुवात भएका प्रतिक्रिया दिएका छन् । उनले कानुनभन्दा कोही पनि माथि नभएको पनि बताएका छन् ।
