`

कानूनी राज्य र बिधिको शासनको उपहास भयो :योगेश भट्टराई

Nepal One HD १४ चैत २०८२ ९:५२
प्रमुख खबर

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने बताएका छन् । उनले सामाजिक सामाजिक संञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाएका छन् ।

उनले यस्तो लेखेका छन् ।

लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनु पर्दछ ।प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानु पर्दछ ।कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन ।घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ ।

हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।

जनताबाटप्राप्त जनादेशको दुरुपयोग नहोस, सरकारको ध्यानाकर्षण गर्दछु ।हाम्रो पार्टीले कानूनी र राजनीतिकबाटो लिनु पर्दछ । संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *