`

एमालेले आज ३ बजे देशभर प्रदर्शन गर्ने

Nepal One HD १४ चैत २०८२ ११:३३
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेकाे सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग पनि गरेकाे छ ।

पार्टी सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।

यी हुन् एमालेका निर्णयहरु 

१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *