ओलीकाे पक्राउविरुद्ध कानुनी र राजनीतिक रुपमा लड्ने रामकुमारी झाँक्रीकाे घाेषणा
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्ने घाेषणा गरेकी छन् ।
उनले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्राउलाई गैरकानुनी र प्रतिशाेधपूर्ण पनि बताइन् ।
उनले सामाजिक सञ्जालमा शनिबार लेखिन्, ‘गाैरीबहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रहेको छ। पूर्वप्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो। यसको विरुद्ध हामी कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्नेछौं।’
एमाले महासचिव शङ्कर पाेखरेलले ओलीकाे पक्राउपछि सरकारले मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
आजै बसेकाे पार्टी सचिवालय बैठकले ओलीकाे पक्राउविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
