सर्वाेच्चकाे बहालवाला न्यायाधीशकाे नेतृत्वमा जेन-जी घटनाकाे छानबिन आयाेग गठन गर्न एमालेकाे माग
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतका बहालवाला न्यायाधीशकाे नेतृवत्वमा जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउलगत्तै बसेकाे एमाले सचिवालयको आकस्मिक बैठकले यस्ताे माग गरेकाे हाे ।
‘उक्त घटनाको निष्पक्ष र न्यायीक छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दछ,’ महासचिव पोखरेलले पार्टीको निर्णयबारे जानकारी दिए ।
गाैरीबहादुर कार्की आयाेगकाे प्रतिवेदनलाई एमालेले अस्वीकार गरेकाे छ । प्रतिशाेधपूर्ण र पूर्वाग्रहीपूर्ण प्रतिवेदन भन्दै त्यसकाे आधारमा गरिएकाे पक्राउलाई एमालेले सडक, सदन र अदालताबाट एकैसाथ प्रतिवाद गर्ने चेतावनी दिएकाे छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
