कार्की आयोगको प्रतिवेदन जलाए एमाले कार्यकर्ताले, संघर्षको उदघोष
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जनलाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासल क्षेत्रमा सङ्घर्षमा उत्रिएका कार्यकर्ताहरूले प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण प्रतिवेदन भन्दै जलाइदिएका हुन् ।
सोही प्रतिवेदनका आधारमा शनिबार बिहानै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उनकै सरकारका गृहमन्त्री रमेश लेखकलाई पक्राउ परेका छन् ।
यसपछि एमाले देशभर प्रदर्शनमा उत्रिएको छ । शनिबार दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने कार्यक्रम एमालेले अघि सारेको छ ।
एमालेले ओलीको रिहाइ माग गर्दै सडक, सदनदेखि अदालतको मोर्चामा सशक्त र प्रभावकारी प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
