पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे बल्ल बोलेको कांग्रेसले के भन्यो ?
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको झण्डै १० घण्टापछि कांग्रेसले मुख खोलेको छ ।
एमालेले आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली पक्राउ परेलगत्तै सचिवालय बैठक बसेर प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिँदा कांग्रेस भने आफ्ना सांसदहरूले सचेतनामूलक तालिम दिइरहेको थियो ।
तर, ढिलै भए पनि कांग्रेसले बैठक बसेर लेखकको पक्राउबारे धारणा बनाउने जनाएको छ । सांसदहरूको प्रशिक्षणका लागि शीर्ष नेता पनि सहभागी हुने बैठकबाट कांग्रेसले लेखकबारे धारणा बाहिर ल्याउन तयारी गरेको छ । नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलले भने ओली र लेखककाे पक्राउविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
यता ओलीको पक्राउमा एमालेको अधिकांश नेताले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । तर, लेखकको पक्षमा कांग्रेसले नेताहरूले खुलेर कुनै प्रतिक्रिया दिएका छैनन् । नेता नैनसिंह महरसहितका केही नेताले राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध गरेका छन् ।
गत २३ भदौमा भएको जेन–जी प्रदर्शनमा प्रहरीको गोली लागेर युवा मारिएपछि तत्कालीन गृहमन्त्री लेखकले राजीनामा दिएका थिए । तर, गौरीबहादुर कार्कीको जाँचबुझ आयोगले ओली र ले
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
