प्रहरी र एमाले कार्यकर्ताबीच माइतीघरमा घम्साघम्सी
नेकपा एमाले
काठमाडौं । माइतीघरमा प्रहरी र एमालेका युवा संघका कार्यकर्ताहरूबीच घम्साघम्सी परेको छ ।
आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि आक्रोशित युवा संघका कार्यकर्ताहरू र प्रहरीबीच केहीबेर ठेलामठेल भएको हो ।
यसपछि युवा संघका कार्यकर्ताहरूले प्रधानमन्त्री बालेनविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘प्रहरी दमन बन्द गर’ भन्दै माग गरेका छन् ।
उनीहरूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको स–सम्मान रिहा गर्न सरकारमाथि दबाब दिइरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
