`

सिंहदरबारको दक्षिण गेटबाट सात जना एमाले कार्यकर्ता पक्राउ

Nepal One HD १४ चैत २०८२ १७:२५
नेकपा एमाले

काठमाडौं । सिंहदरबारको दक्षिण गेटबाट सात जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले बताए ।

पक्राउ परेकाहरू नेकपा एमालेका कार्यकर्ताहरू हुन् । उनीहरूलाई परिसरको हिरासतमा राखिएको छ ।

आफ्ना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए ।

त्यहीबेला सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *