दुईवटा दुर्घटनामा दुई जनाको मृत्यु
समाचार
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
बनेपा नगरपालिका–३ तीनघरेमा बसको ठक्करबाट एक युवक तथा सोही नगरपालिका– ८ मा जिपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार बसको ठक्करबाट बनेपाका १६ वर्षीय राजेश तामाङ र जिपले ठक्कर दिँदा बनेपा–१० पुलबजारका ८० वर्षका गंगालाल मानन्धरको मृत्यु भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
