`

न्यायाधीश श्रेष्ठको इजलासमा:ओली र लेखकको म्याद थपको निवेदन

Nepal One HD १५ चैत २०८२ १२:२९
नेकपा एमाले

काठमाडौं। बालेन नेतृत्वको दुई-तिहाइ सरकार गठन भएको केही समयपछि पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि निवेदन दिएको छ।

प्रहरीले दुवै जनालाई शनिबार बिहान पक्राउ गरेको थियो र अनुसन्धान जारी राख्न थप समय आवश्यक भएको भन्दै म्याद थप माग गरिएको हो।

प्रहरीको उक्त निवेदन जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा परेको छ, जसमा आज सुनुवाइ हुनेछ। दुवै पक्षका कानुन व्यवसायीको बहसपछि इजलासले म्याद थप गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ।

म्याद थपका लागि निवेदन दर्ता गर्दा प्रहरीले पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराएको छ भने पूर्वप्रधानमन्त्री ओली भने स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमै रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *