ओली बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाई हुने
नेकपा एमाले
काठमाडौं । केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै ओलीकी पत्नी राधिका शाक्यको तर्फबाट उक्त रिट दायर गरिएको हो।
आइतबार दर्ता भएको रिटमाथि सर्वोच्च अदालतमा सोमबार बहस हुने तय भएको छ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँडलाई चैत १४ गते पक्राउ गरिएको थियो।
नेकपा एमालेले उनीहरूको गिरफ्तारी गैरकानुनी र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। पक्राउपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
