७१ अङ्कले घट्याे सेयर बजार, बढ्यो कारोबार
अर्थ समाचार
काठमाडौं । नयाँ सरकार गठनपछि पहिलो कारोबार दिनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय गिरावट देखिएको छ।
आज नेप्से ७१ दशमलव ०५ अङ्कले घट्दै २,८७९ दशमलव ११ बिन्दुमा झरेको छ, जुन २ दशमलव ४० प्रतिशतको गिरावट हो।
कारोबारतर्फ ३३३ कम्पनीका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक किनबेच हुँदा कुल १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँ ९८ पैसाको कारोबार भएको छ। आज सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्।
कुल २५५ कम्पनीको शेयर मूल्य घट्दा मात्र १० कम्पनीको मूल्य बढेको छ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव १७ प्रतिशतले घटेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
