`

माइतीघरमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप,लाठीचार्जमा दर्जनौ प्रदर्शनकारी घाइते

Nepal One HD १५ चैत २०८२ १६:३५
अर्थ समाचार

काठमाडौं। पक्राउ परेका एमाले एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ विरुद्ध माइतीघरमा प्रदर्शनमा उत्रिएका नेकपा एमालेका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । माइतीघरबाट बानेश्वरतर्फ अगाडि बढेका एमाले कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जना घाइतेको टाउकोमा चोट लागेको छ ।

घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्म नौ जना पक्राउ परिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *