ओलीमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने प्रचण्डको माग
नेपाली कम्युनिष्ट पार्टी
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि निष्पक्ष र स्वतन्त्र ढंगले अनुसन्धान हुनुपर्ने बताएका छन्।
आइतबार पेरिसडाँडास्थित नेकपा कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह-पूर्वाग्रह बिना छानबिन अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
‘कुनै पनि राजनीतिक पूर्वाग्रह नहोस्, अनुसन्धान निष्पक्ष र स्वतन्त्र ढंगले होस् भन्ने कुरा हामीले स्पष्ट रूपमा राखेका छौं,’ प्रचण्डले भने।
उनले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसदमा उठाएको मुद्दा भएको पनि स्मरण गराए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
