`

सुर्खेत, जुम्ला र रुकुम पश्चिममा रहेको यातायात व्यवस्था कार्यालयबाट २१ करोडभन्दा बढी राजस्व सङ्कलन

Nepal One HD १५ चैत २०८२ २१:०४
अर्थ समाचार

सुर्खेत। यातायात व्यवस्था कार्यालयले फागुनसम्म रु २१ करोड राजस्व सङ्कलन गरेको छ ।कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत, जुम्ला र रुकुम पश्चिममा रहेको कार्यालयबाट साउनदेखि फागुनसम्ममा रु २१ करोड ४८ लाख ८१ हजार ३०२ राजस्व सङ्कलन भएको हो ।

यातायात व्यवस्था कार्यालयले तीन प्रकारका शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ । यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट परमिट), पत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर र प्रशासनिक दण्ड जरिवाना, जफत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *