`

कारोबारको सुरुमै घट्यो सेयर,विश्वभर तेलको मूल्य बढ्दा अष्ट्रेलियन शेयर बजारमा दबाब

Nepal One HD १६ चैत २०८२ १४:५०
अर्थ समाचार

एजेन्सी। अष्ट्रेलियाको शेयर बजार सोमबार प्रारम्भिक कारोबारमै एक दशमलव चार प्रतिशतले घटेको छ। विश्वव्यापी तेलको मूल्य निरन्तर बढ्दै गएका कारण बजारमा दबाब परेको हो ।

एस एन्ड पी/एएसएक्स २०० सूचकाङ्क सोमबारको पहिलो घण्टामै एक दशमलव चार प्रतिशतले घटेर आठ हजार तीन सय ९७ अंकमा झरेको छ । यो गत शुक्रबारको बन्द अवस्थामा रहेको आठ हजार पाँच सय १६ दशमलव ३ अंकभन्दा तल हो।

सोमबार बिहानसम्मको तथ्याङ्क अनुसार, प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८ दशमलव ७ प्रतिशतले घटिसकेको छ। पश्चिम एशियामा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल एक सय २० अमेरिकी डलर नजिक पुगेको छ।

यसले बजारमा नकारात्मक प्रभाव पारेको देखिएको छ। प्रारम्भिक कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रका शेयरमा बढी गिरावट आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *