`

दुई सय भन्दा बढी अमेरिकी सैन्य कमाण्डर मारिएको इरानको दाबी

Nepal One HD १७ चैत २०८२ १८:३५
अर्थ समाचार

एजेन्सी। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नो टु प्रमिस ४ अभियानको ८७औं चरणको नयाँ विवरण सार्वजनिक गर्दै यस क्षेत्रका अमेरिकी र इजरायलसँग सम्बन्धित लक्ष्यहरू विरुद्ध समन्वयात्मक जलसैनिक आक्रमणको श्रृंखला सम्पन्न भएको दाबी गरेको छ।

‘अब्दुल्लाह अल-हुसेन’ कोड नाम अन्तर्गत चारवटा द्रुत र सफल अपरेसन सञ्चालन गरिएको थियो। मंगलबार बिहानै गुप्तचर सूचनामा आधारित यी मिसनहरूमा अमेरिकी र इजरायली कमान्डरहरू र सैन्य सामग्री भेला हुने चारवटा स्थानहरूलाई निशाना बनाइएको थियो।

एक संयुक्त अपरेसनमा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको गोप्य अमेरिकी कमाण्ड-एन्ड-कन्ट्रोल सेन्टर मिसाइल प्रहारमार्फत नष्ट गरिएको दाबी गरिएको छ।  ‘उक्त स्थानमा २०० भन्दा बढी अमेरिकी कमान्डर र मध्यम तहका अधिकारीहरू उपस्थित थिए’ विज्ञप्तिमा भनिएको छ।

अर्को अपरेसन बहराइनमा अमेरिकी फिफ्थ फ्लीटको मुख्यालय बाहिर रहेको लुकेको आवास स्थलमा बैठक भइरहेका बेला ड्रोनमार्फत गरिएको छ। घटनास्थलमा एम्बुलेन्स र आवतजावतले आक्रमणको प्रभाव कस्तो थियो भन्ने संकेत दिएको उल्लेख गरिएको छ।

आईआरजीसीले इजरायलको स्वामित्वमा रहेको तर तेस्रो देशको झण्डा प्रयोग गरेको एक्सप्रेस रुम नामको कन्टेनर जहाजमा पनि सटीक मिसाइल प्रहार गरिएको दाबी गरेको छ।

साथै, एफ–१६ लडाकु विमान मार्गदर्शन प्रणालीको लागि प्रयोग हुने अमेरिकाद्वारा सञ्चालित अर्ली वार्निङ रेडार (प्रारम्भिक चेतावनी प्रणाली) साउदी अरबको धारान तटमा रहेको बेस बाहिर नष्ट गरिएको रिपोर्ट गरिएको छ।

आईआरजीसीले यी अपरेसनका उपलब्धिहरू हत्या गरिएका जलसैनिक कमान्डर एडमिरल अलिरेजा ताङसिरीलाईलाई समर्पित गरेको जनाएको छ। विज्ञप्तिमा आफ्ना जलसैनिक बलहरूले उनको बाटोमा शक्ति र दृढताका साथ अघि बढ्ने र उनी प्रतीकात्मक रूपमा अझै मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेको पनि उल्लेख गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *