एमाले संसदीय दलको नेतामा थापालाई सुहाङको टक्कर
नेकपा एमाले
काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नाम प्रस्ताव भएको छ ।
बादलसँग संसदीय राजनीति र सत्ता राजनीति दुवैको अनुभव छ । पूर्वमाओवादी नेता थापाको नाम संसदीय दलको जारी बैठकमा आएको हो ।
उनी २०६४ देखि पटकपटक संसद्मा छन् । यसपटक समानुपातिकबाट सांसद बनेका उनले पार्टीका सांसदहरूमध्ये ज्येष्ठता र अनुभवको आधारमा दलको नेतामा दाबी गरेका हुन् । उनकै नाम दलको नेतामा प्रस्ताव भएको हो ।
दलको नेतामा युवा सांसद सुहाङ नेम्बाङको पनि दाबी छ । अघिल्लो प्रतिनिधिसभामा उनी उपनिर्वाचनबाट निर्वाचित भएर संसद् आएका थिए ।
लगातार दोस्रोपटक संसद आइपुगेका उनले यसपटक भने दलको नेतामा दाबी गरेका हुन् । कानुनी पृष्ठभूमिका उनी बुबा सुवासचन्द्र नेम्बाङको निधनपछि राजनीतिमा आएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
