`

२४ को ध्वंश ‘बिर्सिने छैनौँ’ (तस्बिरहरू)

Nepal One HD १८ चैत २०८२ १५:२२
नेकपा एमाले

काठमाडौं । देश ध्वंश भएको २४ भदौमा हो । अघिल्लो दिन १९ जना नवयुवा मारिएका थिए । भोलिपल्ट देशलाई खरानी बनाउने काम भयो ।

नेपालको आकाशमा धुवाँको मुस्लो उड्यो । खरानी भयो– संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालयदेखि सर्वोच्च अदालतसम्म ।

अनि जल्न बाँकी रहेन– रास्वपा सभापति रवि लामिछाने प्रतिवादी भएका जिल्ला अदालतहरू पनि । व्यवसायी मीनबहादुर गुरुङका भाटभटेनीका आउटलेटहरू चार दिनसम्म बले ।

पार्टी कार्यालयहरू पनि सग्लो रहेनन् । प्रहरीका युनिटहरू ध्वस्त भए । अघिल्लो दिन नवयुवाहरू ढल्दा दोस्रो दिन देश जल्यो ।

झण्डै एक खर्बको क्षति भयो । त्यो ध्वंशलाई त्यसबेलाको सत्ता नेतृत्व दल नेकपा एमालेले सम्झिरहने भएको छ ।

त्यही भएर केन्द्रीय कार्यालयको एक साइटमा २४ भदौमा भएको ध्वंशका तस्बिरहरू अभिलेखालयमा जसरी जतनले राखेको पायौँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *