आजदेखि एसईई परिक्षा सुरु : यसवर्ष ५ लाख भन्दा बढी विद्यार्थी सहभागी हुँदै
शिक्षा
काठमाडौं। यस वर्षको एसइई परीक्षा आज बिहीबारबाट सुरु हुँदैछ । यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । जसमध्ये प्राविधिक धारतर्फ १६ हजार ३१२ जना विद्यार्थीले परीक्षा दिनेछन् भने आंशिकतर्फ २६४ जनाले परीक्षा दिनेछन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि ७७ वटै जिल्लामा परीक्षा सुरु हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
