`

३ हजार ६ सय रुपैयाँले घट्यो सुनकाे मूल्य

Nepal One HD १९ चैत २०८२ १२:०१
अर्थ समाचार

काठमाडौं । बिहीबार सुनको मूल्यमा तोलामा ३ हजार ६ सय रुपैयाँ गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

समग्रमा हेर्दा, पछिल्लो एक सातामा सुनको मूल्य ८ हजार ४ सय रुपैयाँले बढेको छ। गत बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। गत बिहीबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *